FAQs Complain Problems

सामाचार

संक्षिप्त परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ५ नंः प्रदेश अन्तरगत रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको माडी गाँउपालिका पनि एक हो । अति सौन्दर्य मनमोहक प्रसिद्ध माडी नदिको नामवाट नामाकरण गरिएको यस गाँउपालिकाको केन्द्र घर्तीगाउँँ मा रहेको छ ।  यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखी २७ कि.मि. उत्तरी पश्चिम भागमा अवस्थिती रहेको छ । छ वटा वडाहरु रहेका ( घर्तीगाउँ, ओत, तालावाङ, भावाङ र कोर्चावाङ ) यस गाँउपालिकाको क्षेत्रफल १२९.०५ वर्ग कि.मि.  र जनसंख्या २३४६४ रहेको छ । साविकका ५ वटा गाँउ विकास समितिहरु मिलाइएर बनेको यस माडी गाँउपालिकाको पूर्वमा  रोल्पा नगरपालिका र पश्चिममा  गंगादेब गाउँपालिका, उत्तरमा परिवर्तन गाँउपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका, रोल्पा नगरपालिका रहेक छन ।

हावापानी 
समुन्द्री सतह देखी करिव ९०० मिटर देखी २७०० मिटर सम्मको भौगोलिक उचाईमा अवस्थित यस माडी गाउँपालिकामा न्यानो समशितोषण हावापानी देखी ठण्डा समशितोषण सम्मको हावापानी पाईन्छ ।

बसोबास
यस माडी गाउँपालिकामा प्राय जसो मगर समुदायको बाहुल्यता रहेको छ यस वाहेक क्षेत्री, गुरुङ दलित समुदायको पनि बसोवास रहेको छ ।  

संस्कृती 
मगर समुदायको वसोवासको वाहुल्यता भएता पनी अन्य जाति क्षेत्री दलित, गुरुङ आदी जातजातीको पनि बसोबास रहेको छ । यहाँको मानिसहरु मगर खाम भाषा वोल्ने, तथा मगर संस्कति रहन सहनलाई अपनाएको देखिन्छ ।  

यस गाउँपालिकामा पर्ने पाँच वटा गा.वि.स. घर्तीगाउँ, ओत, तालावाङ, भावाङ र कोर्चावाङ समेतलाई मिलाएर अहिलेको माडी गाउँँपालिका निर्माण गरिएको हो । नव स्थापित यस गाउँँपालिकालाई प्रशासनिक दृष्टिकोणबाट ६ वटा वडामा विभाजन गरिएको छ । पहिलेका गा.वि.स का विभिन्न वडाहरूलाई समायोजन गरी वर्तमान गाउँँपालिका  र वडाहरूको निर्माण निम्नानुसार भएको छ ।

गाविस समायोजन

हालको गाउँँपालिकाका वार्डहरू ,पहिलेको गाविस, र पहिलेको गाविसको वार्ड नं.
१ .   घर्तीगाउँँ    ५,७–९ओत    ३–५
२ .  घर्तीगाउँँ    १–४,६
३ .  तालावाङ    ३,५–७
४ .  तालावाङ    १,२,४,८,९
५  . भावाङ    १–९
६ . कोर्चावाङ    १,२,६–९
(स्रोतः माडी गाउँँपालिका कार्यालय)

यस गाउँपालिकाको भौगोलिक अवस्थिति समुद्र सतहबाट ९००–२७०० मि. उचाइँमा रहेको छ भने २८º ४१ु ०३ू उत्तरी अक्षांश र ८०º५६ु ४३ू पूर्वी देशान्तर सम्म फैलिएको छ । गाउँपालिकाको अधिकतम तापक्रम जेठ–असारतिर ३८.२ देखि ३१.२ डिग्री सेन्टिग्रेटसम्म र पौष–माघतिर न्यूनतम २.२ देखि अधिकतम २६.४ डिग्री सेन्टिग्रेटसम्म रहेको पाइन्छ । यहाँको औसत वर्षा १८४० मि.मि.सम्म भएको देखिन्छ ।
२.३. राजनैतिक तथा प्रशासनिक विभाजन
यस गाउँपालिका क्षेत्रभित्र नेपाल सरकारका स्थानीय स्तरका विभिन्न कार्यालयहरू स्थापित एवम् सञ्चालित रहेका छन् । प्रदेश निर्वाचन क्षेत्र विभाजनका हिसाबले रोल्पाका २ वटा निर्वाचन क्षेत्रमध्ये यो गाउँँपालिका १ नं.क्षेत्रमा पर्दछ । यस गाउँँपालिकाका प्रत्येक वडामा पर्ने बस्तीहरूको विवरण निम्नानुसार रहेको छ ।

वडा नं.     टोल - बस्तीको नामक
१     ओत
२     घर्तीगाउँँ
३    तालावाङ
४    तालावाङ
५    भवाङ
६    कोर्चावाङ

 जमिनको प्रकृति, वितरण र उर्वराशक्ति
माडी गाउँँपालिकाको कूल क्षेत्रफल १२९.०५ वर्ग किलोमिटर मध्ये ९७.८९५ वर्ग किलोमिटर वन जङ्गलले ढाकेको छ भने बस्ती वा आवादीले ६.३३५ वर्ग किलोमिटर चर्चेको छ । यहाँ खेतीयोग्य जमिन २४.८२ वर्ग किलोमिटर रहेको छ । 
यस गाउँँपालिकाको कूल खेतीयोग्य जमिन २४.८२ वर्ग किलोमिटरको १० प्रतिशत जमिनमा मात्र सिँचाइ उपलब्ध छ भने बाँकी ९० प्रतिशत जग्गामा वर्षात्को सिचाइँमा भर पर्नु पर्दछ । यहाँका खेतहरू नदी किनारमा रहेका र हावापानीको उचित प्रवाहले गर्दा खेती उब्जनी सन्तोषजनक हुने गरेको छ । गाउँँपालिका बन्नु सँगै अन्यत्र जस्तै यहाँ पनि बस्ती विस्तारको क्रम एकदमै बढेर गएकाले खेतीयोग्य जमिन क्रमशः मासिँदै गएको देखिन्छ । 
गाउँँपालिकाका नदी किनारका जमिनहरूमा बाढीको समस्या रहेको छ  ।

 शहरी क्षेत्रको भू–उपयोग
माडी गाउँँपालिकामा शहरीकरणले विस्तारै गति लिँदै गएको छ । वि.सं. २०७३ तिर शहिद राजमार्गको निर्माण भएपछि ग्रामीण तथा शहरी क्षेत्रमा बस्ती विकासको गतिले तीव्रता लिएको हो र माडी गाउँँपालिकामा पनि यसै समय देखि बस्ती विकासको क्रम बढेर गएको हो ।  राजमार्गको निर्माण, पूर्वाधारहरूको विकास र शहरीकरणले गर्दा पहाडबाट तराईतर्फ बसाइँ सर्ने प्रक्रिया निकै तीव्र भयो । विगतमा पहाडमा दुःख पाई गरिबीको कारणले तराईतर्फ बसाइँ सरिने (Push Factor) गरेकोमा हालका वर्षहरूमा शहरी आकर्षण, अवसरको खोजी, सुविधाको लालसा र समृद्धिको खोजीमा बसाइँ सर्ने प्रवृत्ति (Pull Factor) बढेको देखिन्छ । तर अझै पनि माडी गाउँपालिकाको अधिकांश जमिन कृषि प्रयोजनकै लागि प्रयोग भएको देखिएको हुनाले आधुनिक शहरीकरण अझै भै नसकेको स्पष्ट हुन्छ । 

 बालीनाली, फलफुल र कृषि विशेषता 
यस गाउँँपालिका भित्र उत्पादन हुने खाद्यान्न बालीमा धान, गहुँ, कोदो, भटमास, सिमी, केराउ, मकै, तोरी, चना, मसुरो आदि छन् भने फलफुलहरूमा केरा, आँप, नासपाती, सुन्तला आदि प्रमुख छन् । यस सम्बन्धी विस्तृत विवरण निम्नानुसार छ ः 

प्रमुख बालीनाली  र फलफुल

बालीका किसिम तथा बालीहरू
अन्नबाली  :  धान, गहुँ र मकै । 
नगदेबाली :   तोरी, केराउ, उखु, चना, मास, अलैची, मसुरो, खुर्सानी, बेसार आदी ।
फलफुल   : आँप, केरा, नासपाती, सुन्तला, पलम, अनार, आरू आदी ।
तरकारी   :    लौका, करेला, आलु, मुला, रायो, काउली, सागपात, भिण्डी, भन्टा, बोडी, फर्सी, टमाटर, खुर्सानी, बन्दा, काक्रो, चिचिण्डो, सिमी, लसुन, प्याज आदी ।

जलवायु 
जलवायुका दृष्टिले माडी गाउँपालिकाको विविधता उल्लेखनीय छ । माडी पहाडी प्रदेशको जलवायुदेखि विस्तारै उत्तरी भागको मध्यम पहाडी जलवायु सम्म फैलिएको छ ।  
पर्यावरणीय स्वरूप
यस गाउँँपालिकामा माडी नदि र अन्य प्रमुख खोला र भूमिगत एवम् सतह पानी जलभण्डारका रूपमा रहेका छन् । 

नदी र तालहरू 
माडी गाउँँपालिकामा अवस्थित माडी खोला यस गाउँँपालिकाको मुख्य आकर्षणको केन्द्र हो । यो रोल्पा जिल्लाको थवाङ गाउँपालिका देखी   सुरु भएर झण्डै १३ वटा साना ठूला खोला विस्तारित छन । यो नदि शुद्ध र प्राकृतिक पानीको अनुपम भण्डार हो । यस नदि को वरिपरि ११० थरिका वनस्पतिहरू पाइएका छन् । यहाँ १० थरिका माछाका प्रजातिहरू, ३८ प्रजातिका घुमन्ते चरा, ५ प्रजातिका पुतली, साथै २ प्रजातिका घस्रने जन्तुहरू यहाँ पाइएका छन् । 
चुनौतीहरू :
१.     जङ्गल  क्षेत्रको स्रोत साधनमा स्थानीय समुदायको बढ्दो निर्भरता र हस्तक्षेप ।
२.    छाडा छाडिने घरेलु जनावरबाट वृक्ष वनस्पतिको विनाश ।
३.   चोरीका कारण संरक्षित वृक्ष वनस्पतिको विनाश ।
४.    विकास निर्माण सम्बन्धी गतिविधि र अव्यवस्थित बस्तीहरूको विकास ।

महत्त्वपूर्ण ताल, तलैयाहरू

क्र.सं.    ताल तलैयाको नाम, स्थान र  वडा नं.
१   .       वाङगे ताल    १
२   .      सुनछहरा    ४
३   .      छैन    
४   .     छैन  

५   .     छैन

६   .      छैन 
महत्वपूर्ण धार्मिक ,प्राकृतिक र युद्घ पर्यटन स्थलहरू
धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्व राख्ने अनेकौँ स्थलहरू यस गाउँँपालिकाभित्र पर्दछन् । गाउँँपालिका भित्र रहेका अन्य धार्मिक एवम् पर्यटकीय क्षेत्रहरूको विवरण यस प्रकार छ ः
                                  
महत्त्वपूर्ण धार्मिक ,प्राकृतिक र युद्घ पर्यटन स्थलहरू
क्र.सं.    नाम र रहेको स्थान    वडा नं.
१.         जननमुना हस्पिटल घोरनेटी, जनमुक्ती सेनाको तालिम केन्द्र बाङेताल ।    १
२.        पारिवाङ दह, नवाङ सिद्घ ब्रहा, युद्घ पर्यटन २०७२ भाद्रमा तत्कालिन माओवादी पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचन्ड र ने.क.पा एमालेका नेता बामदेव गौतम सँग ६ बुदे सहमती भएको स्थान लोसेवाङको गाउँ ।    २
३.        माडी ३ र ४ मा रहेको सति पोले सिद्घ बाबा, शहिद स्तम्भ ठाराखोला सामुहिक हत्या ज्ञज्ञ जना जनमुक्ती सेना ।    ३
४.       सुनछहरी, युद्घ कालमा जनमुक्तीसेनाले आफु लडने हतियार निर्मान तथा ब्यवस्थापन गर्ने स्थान आरुवा तामाखोला गुफा ।    ४
५.       वाङमा ११ जना माओवादी कलाकार हत्या स्थान, शिव मन्दिर भावाङ, जनमुक्ती सेनाको ट्रेनिङ स्थल सरुवा ढोरी ।    ५
६.       रोल्पाको दोस्रो स्थान उचाइमा रहेको थोर्पा लेख, माहिला भाई ब्राह मन्दिर, जेठपुर्णी डाँडा, ब्रहा गुफा, ब्रहा ताल र शाहिसेना र जनमुक्ती सेना बिच लडाई हुदा ९शाहिसेना र ३ जनमुक्ती सेना को मृत्यु भएको स्थान ।    ६
          यस गाउँँपालिकामा पर्यटन विकासका पर्याप्त सम्भावनाहरू छन् । गाउँँपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थलहरूका बारेमा राम्ररी प्रचार प्रसार गर्न सकिएमा पर्यटन क्षेत्रको विकास गर्न सकिने प्रशस्त सम्भावना छ । 

माडी गाउँपालिाका अन्तरगतका विभिन्न खानीहरु 
१.    सिसा खानी  भावाङ  ५
२.    तामा  खानी  भावाङ  ५

 प्रमुख चाडपर्वहरू 
यस गाउँँपालिकाका मानिसहरू करिब दुई दर्जन चाडपर्वहरू मनाउँछन् । तीमध्ये नयाँ वर्ष,  तीज, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी,  न्वागी, दशैँ, तिहार, माघी (माघे सक्रान्ति), होली, शिवरात्री आदि पर्दछन् । उल्लिखित चाडपर्वको छोटो परिचय यस प्रकार छ :
१. नयाँ वर्ष : 
नेपाली नयाँ वर्ष शुरु हुने यो पर्व वैशाख महिनामा पर्छ । यस दिनको धार्मिक महत्व नभए पनि सांस्कृतिक र मनोरञ्जनात्मक महत्व रहेको छ ।
२. रक्षा बन्धन :
संस्कृत भाषामा रक्षा बन्धनको अर्थ रक्षाका लागि बाँधिएको धागो भन्ने हो । यो हिन्दू समुदायको महत्वपूर्ण पर्व हो । यो पर्व पनि सामान्यतया साउन, भदौ महिनामा पर्दछ । 
३. कृष्ण जन्माष्टमी :
यो पर्व भगवान् श्रीकृष्णको जन्म दिनसँग सम्बन्धित छ । श्रीकृष्ण भगवानको स्मरण गर्दै वर्त वसी घर घरमा तथा कृष्ण मन्दिरहरुमा पूजा गरी कृष्ण जन्माष्टमी विशेष उल्लासका साथ मनाइन्छ । 
४. तीज :
तीजलाई नारी समुदायको पर्वका रूपमा लिने गरिएको छ । तीजको अघिल्लो राति दर खाएर तीजको दिन महिलाहरू भगवान् शिव पार्वतीको पूजा गरी व्रत बस्ने गर्छन् । यो पर्व सामान्यतया साउन महिनामा पर्छ ।  
५. दशैं :
असोज कार्तिकतिर नेपाली हिन्दू समुदायको महत्वपूर्ण पर्व दशैं पर्छ । आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने यो पर्व नौ दिनसम्म देवी भवानीको पूजाआजा गरेर अनि दशौं दिनदेखि पन्ध्रौं दिनसम्म मान्यजनका हातबाट टीका लगाउँर मनाइन्छ । यस पर्वलाई बडादशैं पनि भनिन्छ । 

६. तिहार :
तिहार पर्व सामान्यतया कार्तिक महिनामा पर्छ । यसलाई उज्यालोको पर्व पनि भनिन्छ । पाँच दिनसम्म मनाइने यस पर्वमा कौवा तिहार, कुकुर तिहार, गोरु तिहार, गाई तिहार, लक्ष्मी पूजा र भाइटीका पर्दछन्  ।  

७. न्वागी :
न्वागी भनेको नयाँ अन्न भित्र्याउने पर्वका रूपमा प्रसिद्ध छ । यस समुदायमा यसलाई न्वागी खाने भन्छन् । 
८. माघे सक्रान्ति :
माघ महिना प्रारम्भ हुने दिन अर्थात् सक्रान्तिमा पर्ने यो पर्व सबै जातिको विशेष पर्व मानिन्छ । यस पर्वलाई वर्षभरिकै जाडो दिन मानिन्छ । यस समुदायले यस दिन बिहानै नुहाइधुवाइ गर्ने, मिठोमिठो खाने, नाचगान रमाइलो गर्ने गर्छन् ।   
९. शिवरात्रि :
शिवरात्रिको अर्थ शिवजीसँग सम्बन्धित रात हो । यो पर्व सामान्यतया फागुन महिनामा पर्छ । यस दिन स्थानीय शिवमन्दिरहरूमा मेला र व्रतालुहरूको घुइँचो लाग्ने गर्छ । 
१०. होली :
रङ्गहरुको पर्वका रूपमा परिचित होली पर्वमा एक आपसमा रङ्गहरु छ्यापाछ्याप गरी मनाउने चलन रहेको छ  ।

भौतिक पूर्वाधारहरू
 सडक
यस गाउँँपालिकाभित्र कालोपत्रे, र ग्राभेल सडक अझै भै नसकेको स्पष्ट हुन्छ । धुलौटे सडक नै जम्मा ४१५ किलो मिटर.सडक रहेको छ । 

खानेपानी    
अन्यत्रजस्तै यस गाउँँपालिकामा पनि खानेपानीको आपूर्तिका लागि सामान्यतया तल उल्लिखित तिन विधि अपनाइएको देखिन्छ । यी तरिकाको उपयोग बस्तीको आकार तथा पानीको स्रोतको दूरीले समेत तय गर्दछ । उक्त विधिहरू निम्नानुसार छन् ः
१.    तरिका एक (Level 1) : यस अन्तरगत खानेपानी योजनाको पाइप प्रयोग गाउँँ स्रोतबाट स्थानीय बासिन्दाले पानी सङ्कलन गरी लैजाने गर्दछन् । यसअन्तर्गत मूल, कुवा, स्रोतमै रहेको धारा प्रयोग हुन्छ ।
२.    तरिका दुई (Level 2) : यस अन्तरगत पानीको पाइप प्रयोग हुने भएता पनि प्रत्येक घरघरै पानीको धारा नदिई पानीको मूल, वा अन्य स्रोतबाट पानी सङ्कलन गरी पाइपको माध्यमले बस्ती नजिक पुर्याई १०–१५ घरका लागि एउटा सार्वजनिक धारा उपलब्ध गराइन्छ । 
३.    तरिका तीन (Level 3) : यस अन्तरगत प्रत्येक घरघरै पाइपबाट पानीको सुविधा उपलब्ध गराइन्छ (रायोआ, २०५७)। माथिको वर्गीकरणका आधारमा माडी गाउँँपालिकामा तिन वटै तरिकाको प्रयोग गरी खानेपानी सुविधा उपलब्ध गराइएको पाइन्छ ।

सरसफाइ व्यवस्थापन 
केही वर्षअघिसम्म स्थानीय स्वास्थ्य कार्यालयको अभिलेख हेर्दा गाउँँपालिकामा पाइने धेरै रोगहरू दूषित पानी र सरसफाइको कमीबाट उत्पन्न भएका देखिन्थे । सन् २०११ को जनगणना अनुसार माडीमा शौचालय नभएका घरधुरीहरूको सङ्ख्या निकै धेरै (६३.५ प्रतिशत) थियो । जम्मा १९ प्रतिशत घरधुरीमा मात्र सुविधा सम्पन्न (प्mलस सहितका) शौचालयहरू थिए भने १७.१ प्रतिशत घरधुरीमा सामान्य खाले शौचालयहरू थिए । तर सन् २०१७ मा आइपुग्दा उक्त स्थितिमा निकै परिवर्तन आएको देखिन्छ । खानेपानी आयोजना सम्पन्न भएपछि जनताको सरसफाइ सम्बन्धी चेतनामा धेरै परिवर्तन आएको कुरा यसबाट पुष्टि हुन्छ । हाल यस गाउँँपालिकाका झण्डै ९४.४४ प्रतिशत घरधुरीले आफ्नो घरमा शौचालय रहेको बताएका छन् ।

विद्युत्
सन् २०११ को तथ्याङ्क अनुसार यस गाउँँपालिकामा उज्यालो÷बत्तीका लागि विद्युत् ऊर्जा प्रयोग गर्नेहरूको सङ्ख्या जम्मा ० प्रतिशत मात्र थियो । ० प्रतिशतले मट्टीतेलबाट बल्ने टुकी÷लालटिन प्रयोग गरेर उज्यालो प्राप्त गर्थे भने १०० प्रतिशतले सोलार  । गोबर ग्याँस प्रयोग गर्नेहरूको सङ्ख्या ०   थियो । तर सन् २०१७ मा गरिएको सर्वेक्षणमा उक्त परिस्थितिमा निकै परिवर्तन आएको छ । अहिले गाउँँका अधिकांश वडाहरूमा सोलार बत्ती भैसकेको छ  ।

सञ्चार
विकासलाई थप गति दिन सञ्चार प्रणालीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । सञ्चार अन्तरगत हुलाक, रेडियो, टेलिभिजन, टेलिफोन, इन्टरनेट, पत्र पत्रिका र अनलाइन माध्यमहरू पर्दछन् । सन् २०११ को जनगणना अनुसार यस गाउँँपालिकामा सञ्चारका साधनहरूमध्ये रेडियो प्रयोग गर्नेहरू ४९.५ प्रतिशत, टेलिभिजन प्रयोक्ता १४.२ प्रतिशत, केबल टेलिभिजन प्रयोक्ता २.४ प्रतिशत, कम्प्युटर प्रयोक्ता ०.९ प्रतिशत, इन्टरनेट प्रयोक्ता ०.२ प्रतिशत, टेलिफोन प्रयोक्ता १.१ प्रतिशत र मोबाइल फोन प्रयोक्ता ६५.६ प्रतिशत थिए ।
अहिले नेपालका अन्य क्षेत्रमा जस्तै यस गाउँँपालिकामा पनि सञ्चार सुविधाहरूको विस्तारमा उल्लेख्य प्रगति भएको छ । बढ्दो शहरीकरण तथा सेवा, उद्योग, व्यापार र सूचना प्रविधिमा हुँदै गएको अभिवृद्धिले सञ्चार क्षेत्रमा थप विस्तारका लागि प्रशस्त अवसरहरू रहेका छन् ।