माडी गाउँपालिकाको वेब साईटमा यहाँहरुलाई हार्दिक स्वागत छ ( welcome To You Madi Rural municipality Website )l

संक्षिप्त परिचय

माडी गाउँपालिकाको सङ्क्षिप्त चिनारी 
भौगोलिक परिचय
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ५ नंः प्रदेश अन्तरगत रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको माडी गाँउपालिका पनि एक हो । अति सौन्दर्य मनमोहक प्रसिद्ध माडी नदिको नामवाट नामाकरण गरिएको यस गाँउपालिकाको केन्द्र घर्तीगाउँँ मा रहेको छ ।  यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखी २७ कि.मि. उत्तरी पश्चिम भागमा अवस्थिती रहेको छ । छ वटा वडाहरु रहेका ( घर्तीगाउँ, ओत, तालावाङ, भावाङ र कोर्चावाङ ) यस गाँउपालिकाको क्षेत्रफल १२९.०५ वर्ग कि.मि.  र जनसंख्या २३४६४ रहेको छ । साविकका ५ वटा गाँउ विकास समितिहरु मिलाइएर बनेको यस माडी गाँउपालिकाको पूर्वमा  रोल्पा नगरपालिका र पश्चिममा  गंगादेब गाउँपालिका, उत्तरमा परिवर्तन गाँउपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका, रोल्पा नगरपालिका रहेक छन ।