संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लुम्बिनी प्रदेश अन्तरगत रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको माडी गाँउपालिका पनि एक हो । अति सौन्दर्य मनमोहक प्रसिद्ध माडी नदिको नामवाट नामाकरण गरिएको यस गाँउपालिकाको केन्द्र घर्तीगाउँँ मा रहेको छ । यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखी २७ कि.मि. उत्तरी पश्चिम भागमा अवस्थिती रहेको छ । छ वटा वडाहरु रहेका ( घर्तीगाउँ, ओत, तालावाङ, भावाङ र कोर्चावाङ ) यस गाँउपालिकाको क्षेत्रफल १२९.०५ वर्ग कि.मि. र जनसंख्या २३४६४ रहेको छ । साविकका ५ वटा गाँउ विकास समितिहरु मिलाइएर बनेको यस माडी गाँउपालिकाको पूर्वमा रोल्पा नगरपालिका र पश्चिममा गंगादेब गाउँपालिका, उत्तरमा परिवर्तन गाँउपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका, रोल्पा नगरपालिका रहेक छन ।
हावापानी समुन्द्री सतह देखी करिव ९०० मिटर देखी २७०० मिटर सम्मको भौगोलिक उचाईमा अवस्थित यस माडी गाउँपालिकामा न्यानो समशितोषण हावापानी देखी ठण्डा समशितोषण सम्मको हावापानी पाईन्छ । बसोबास यस माडी गाउँपालिकामा प्राय जसो मगर समुदायको बाहुल्यता रहेको छ यस वाहेक क्षेत्री, गुरुङ दलित समुदायको पनि बसोवास रहेको छ । संस्कृती मगर समुदायको वसोवासको वाहुल्यता भएता पनी अन्य जाति क्षेत्री दलित, गुरुङ आदी जातजातीको पनि बसोबास रहेको छ । यहाँको मानिसहरु मगर खाम भाषा वोल्ने, तथा मगर संस्कति रहन सहनलाई अपनाएको देखिन्छ । यस गाउँपालिकामा पर्ने पाँच वटा गा.वि.स. घर्तीगाउँ, ओत, तालावाङ, भावाङ र कोर्चावाङ समेतलाई मिलाएर अहिलेको माडी गाउँँपालिका निर्माण गरिएको हो । नव स्थापित यस गाउँँपालिकालाई प्रशासनिक दृष्टिकोणबाट ६ वटा वडामा विभाजन गरिएको छ ।